Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रामचन्द्र पौडेलले कांग्रेस १४ औं महाधिवेशनमा मतदान नगर्ने


    सोमबार, मंसिर २७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन् । १३४ पदका लागि आज चुनाव हुँदैछ । तर, लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने मतदान नगर्ने भएका छन् । पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले पनि यसको पुष्टि गरे । 

    पाैडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए । उनी पनि सभापतिका आकांक्षी थिए । तर सहमति जुटन् नसकेपछि पाैडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिए नै मतदानमा नै सहभागी नहुने घाेषणा गरे ।

    सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । 

    पौडेल रुष्ट भएपछि देउवा उनकाे निवास पुगेका थिए । देउवालाई आफूलाई सहयाेग गर्न वा अरुहरुकाे पक्षमा नखुल्न आग्रह गरेका थिए ।देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार