काठमाडौं । नेकपा एमालेले अइतबार ४४ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ । एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए ।
एमालेको केन्द्रीय कमिटीमा चितवनका कृष्णभक्त पोखरेल, जुम्लाका टेकराज पछाई, स्याङ्जाका सोभियत ढकाल पर्न सकेनन् । तर विवादास्पद मेडिकल कलेज संचालक दुर्गा प्रसाई, ३१ करोड भ्रष्टाचारमा विशेष अदालतमा मुद्दा खेपिरहेका बद्री न्यौपाने मनोनीत भएका छन् ।
एमालेमा माधव नेपालको नेतृत्वमा समानान्तर कमिटी गठन हुँदा कृष्णभक्त पोखरेलले ओलीलाई साथ दिएका थिए । तर पनि उनी एमालेको केन्द्रीय कमिटी सदस्यमा पर्न सकेनन् । १० बुँदे सहमति अनुसार उनले चितवनको अध्यक्ष पद समेत पार्वती रावललाई छाडेका थिए । तर पनि उनलाई एमालेले न्याय गर्न सकेन ।
सोभियत ढकाल नवौं महाधिवेशनमा मतगणना हुँदा केन्द्रीय सदस्य जितेको घोषणा तत्कालीन निर्वाचन मण्डलका सोमनाथ अधिकारी प्यासीले गरेका थिए । उनले बधाइ समेत खाए । तर भोलिपल्ट उनको मत कम देखाई खेम लोहनीलाई जिताइयो । उनलाई यो पटक पनि न्याय हुन सकेन ।
एमालेको केन्द्रीय सदस्य हुने आकांक्षा राखेका प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल, गगन बिष्ट समेत पर्न सकेनन् । प्रेस चौतारीका हालका अध्यक्ष गणेश बस्नेतले पनि पार्टीको केन्द्रीय सदस्यको चाहना राखेका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend