काठमाडौैं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा ८० सदस्यीय पोलिट्ब्यूरो सदस्यको प्रस्तावसँगै ४५ सदस्यीय स्थायी कमिटीको लागि पनि नाम प्रस्तुत भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति सदस्यको नाम गरेका हुन् । स्थायी समितिका लागि १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम ओलीले प्रस्ताव गरेका छन् ।
स्थायी समितिमा अध्यक्ष ओलीले दस बूँदे पक्षधर उपाध्यक्षमा पराजीत नेता घनश्याम भूसाल र सचिवमा जित्न नसकेका भीमप्रसाद आचार्यलाई पनि स्थायी समितिमा समेटिएको छ । दस बुँदेका पक्षपाती रघुजी पन्त पनि समेटिएका छन् ।
पूर्वमाओवादीबाट प्रभु साह, मणिचन्द्र थापा परेका छन् । स्थायी समितिमा ओलीले पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल र हिक्मत कार्कीलाई पनि राखेका छन् । स्थायी समितिमा पुराना र ओलीलाई दुःखमा साथ दिएका झापाका देवराज घिमिरे, मोरङका गुरु बराल पनि परेका छन् । पदाधिकारीमा समेट्न नसकेका लालबाबु पण्ढितलाई स्थायी समितिमा समेटिएको छ ।
स्थायी समितिमा मनोनीत हुनेहरुमा खगराज अधिकारी, किरण गुरुङ, काशिनाथ अधिकारी, भानुभक्त ढकाल, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे र हिक्मत कार्की छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend