Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रकाशमान सिंह र आरजु देउवाबीच जम्काभेट, आफैंलाई मागे भोट


    आइतबार, मंसिर २६ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले उम्मेदवारले केन्द्रीय प्रतिनिधिसँग भोट माग्ने क्रम जारी छ । उम्मेदवार मनोनयन दर्ताको समय डेढ घन्टा थप गरिएकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुन अझै केही समय कुर्नुपर्ने भएको छ ।

    यसैक्रममा कांग्रेस सभापतिका उम्मेदवार प्रकाशमान सिंह र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले एकले अर्कोसँग मत मागेका छन् ।

    महाधिवेशनस्थलमा प्रतिनिधिसँग भोट माग्दै जाने क्रममा सिंह र देउवाबीच जम्काभेट भएको हो । दुवै उम्मेदवार हु्न् । सिंह सभापतिका प्रत्यासी र आरजु केन्द्रीय सदस्यकी उम्मेदवार हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार