काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार भएको मनोनयन दर्तामा प्रकाशमान सिंह र विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिइएको छ ।
शेरबहादुर देउवा र शेखर कोइरालाको प्यानलबाट पदाधिकारीका सबै पदमा उम्मेदवारी परेको भए पनि सिंह र निधिको प्यानलबाट भने सहमहामन्त्री पदमा उम्मेदवारी नै परेको छैन ।
सिंह प्यानलबाट सभापतिमा स्वयं सिंहको उम्मेदवारी परेको छ भने उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माको उम्मेदवारी परेको हो । तर, आठ पद रहेको सहमहामन्त्रीमा भने सिंह प्यानलबाट उम्मेदवारी परेन ।
यस्तै सभापतिमा उम्मेदवारी दिएका विमलेन्द्र निधिले पनि आफ्नो समूहबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका छैनन् । उनको प्यानलबाट उसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दिएका छन् ।
सिंह र निधि प्यानलबाट पदाधिकारीका सबै पदमा उम्मेदवारी नदिए पनि देउवा र कोइराला समूहबाट भने पदाधिकारीका १३ वटै पदमा उम्मेदवारी परेको छ ।
देउवा प्यानलबाट दुई जना रहने उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का र दुई जना नै रहने महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । आठ जना रहने सहमहामन्त्रीमा डिना उपाध्याय, भीष्मराज आङ्देम्बे, मानबहादुर विश्वकर्मा, महेन्द्र यादव, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र जीवनबहादुर शाहीको उम्मेदवारी परेको छ ।
यसैगरी, कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङको उम्मेदवारी परेको छ भने महामन्त्री मीनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दिएका छन् ।
कोइराला प्यानलबाटै सहमहामन्त्रीमा कमला पन्त, विकास लामा, जीवन परियार, रामकृष्ण यादव, देवराज चालिसे, शेख वकिल, तेजुलाल चौधरी र बद्री पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।
शनिबार मनोनयन दर्ता गराएकाहरूले आइतबार उम्मेदवारी फिर्ता लिने कार्यक्रम छ । आइतबार बिहान ११ बजेसम्म उम्मेद्वारी फिर्ताको समय छ भने मध्यानह सवा १२ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
शनिबार नयाँ नेतृतवका लागि १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend