काठमाडौं । एमालेको चितवन महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक भक्तपुरमा सुरु भएको छ । बैठकमा १५ वटा एजेण्डामा छलफल सुरु भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
भक्तपुरमा सुरु भएको बैठकमा निर्वाचन समितिले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यलाई प्रमाणपत्र वितरण गरेपछि अध्यक्ष केपी ओलीको अध्यक्षता बैठक सुरु भएको हो ।
बैठकले चितवनमा शपथ लिन बाँकी भएका सदस्यको शपथग्रहण गराउनेछ भने १०औँ महाधिवेशनको सामान्य समीक्षा गर्नेछ ।
पार्टी विधानको धारा ६५अनुसारका केन्द्रीय सदस्यहरूको मनोनयन पनि बैठकले गर्ने रिजालले जानकारी दिए ।
उनका अनुसार जारी ९९ सदस्यीय पोलिट्व्युरो, ४५ सदस्यीय स्थायी कमिटी, केन्द्रीय कमिटीकै संख्या बराबरको केन्द्रीय सल्लाहकार परिषद् गठन गर्दै छ ।
बैठकले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने र प्रदेशमा रिक्त रहेका पदाधिकारीहरू मनोनित गर्नेछ ।
त्यस्तै जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्ने, विधानको सम्पादन गरी नियमावली संशोधन गर्ने, बैठक सञ्चालन कार्यविधि बनाउने बैठकका एजेण्डा छन् ।
रिजालका अनुसार बैठकले केन्द्रीय कार्यालय व्यवस्थापनका लागि तुल्सीलाल स्मृति भवनमा पार्टी कार्यालय सञ्चालन गर्न संरचना निर्माण गर्न पार्टीले लगानी गर्ने निर्णय गर्ने प्रस्ताव पेस गर्ने छ भने पार्टी प्रवेश अभियानको सुरुवात गर्ने निर्णय गर्ने, पार्टीका केन्द्रीय सदस्यहरूको वरीयता निर्धारण गर्ने र जनसंगठनहरूको सुदृढीकरण अभियान घोषणा गर्नेछ ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend