Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सभापतिको दौडबाट बाहिरिएका रामचन्द्र पौडेलले औँल्याए कांग्रेसका पाँच कमजोरी


    शनिबार, मंसिर २५ २०७८
    900
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सभापतिको दौडबाट पछि हटेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसभित्र कमजोरीहरु औँल्याउँदै औपचारिक रुपमा सक्रिय राजनीतिबाट बिदा मागेका छन् । 

    आफ्नै समूहभित्रका प्रत्यासीहरुलाई मिलाउन नसकेपछि आफू सभापतिको दौडबाट बाहिरिएका पौडेलले राष्ट्रिय राजनीतिमा आफुने भूमिका रहने बताउँदै पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध संघर्ष गरिरहने प्रतिबद्धता जनाए ।  

    जारी गरेको विज्ञप्तिमा कांग्रेसका गल्तीलाई यसरी औँल्याएका छन् । 

    १. मैले बुझ्दै आएको कांग्रेसमा विचलन आएको छ । 

    २. पार्टी सत्ताको भर्‍याङमा सीमित भयो ।

    ३. संस्थापक नेताहरुको आदर्श र मूल्यलाई निरर्थक बनाइयो ।

    ४. संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको छ । 

    ५. १४औँ महाधिवेशनसम्म आइपुग्दा अनेक प्रपञ्च भोगेको छु । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार