Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गगन थापा र विश्वप्रकाश शर्मा डा. शेखर कोइरालाको टीमबाट महामन्त्रीमा उम्मेदवार हुने


    शनिबार, मंसिर २५ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा शेरबहादुर देउवा पक्षबाट महामन्त्रीको उम्मेदवार हुन नपाएपछि डा. शेखर कोइरालाको टीमबाट उठ्ने भएका छन् । अर्का चर्चित युवानेता गगन थापा पनि डा. कोइरालाकै पक्षबाट महामन्त्रीका उम्मेदवार हुँदैछन् ।

    देउवा इतर पक्षबाट एकल उम्मेदवार हुन नसकेपछि डा. शेखर प्रभावशाली युवाहरुलाई टीममा समावेश गर्ने तयारीमा छन् । शर्माले देउवालाई साथ दिए पनि महामन्त्री नबनाएपछि उनी टाढिएका छन् । देउवाले कृष्ण सिटौलाको समूहलाई ब्यवस्थापन गर्नुपर्ने छ । सिटौलाले प्रदीप पौडेललाई महामन्त्रीका रुपमा अगाडि सारेका छन् ।  

    नेपाली कांग्रेसको उम्मेदवारी मनोनयन आज ५ बजेसम्मका लागि तोकिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार