Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • अझै प्रतिगमनको खतरा छ : माधव नेपाल


    शनिबार, मंसिर २५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा अझै प्रतिगमनकाे खतरा रहेकाे चेतावनी दिएका छन् । शनिबार बुटवलमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले पनि प्रतिगमनको खतरा रहेकाे भन्दै सचेत रहनु पर्ने बताए । 

    इतिहासमा सीमित भइसकेको राजतन्त्र फर्काउने कोसिस भइरहेको भन्दै इतिहास अगाडि बढिसकेकाले पछाडि फर्किन सम्भव नभएको उनकाे भनाइ छ।

    उनले समाजमा दलाल पुँजीवाद हावी भएको र कतिपय दलहरू त्यसैमा रमाइरहेको बताएका नेता नेपालले दलाल पुँजीवाद हटाएर समाजवाद स्थापना गर्ने आफ्नो दलको अभिभारा रहेकाे‍ र यस अभिभारा पूरा गरेरै छाड्ने बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार