मंसिर। नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि देशभरबाट चार हजार ६०० प्रतिनिधिहरू सहभागी छन् । तीमध्ये सयौँ संख्यामा युवाहरूको उपस्थिति देखिन्छ । तर, महाधिवेशनमा आएका युवापंक्ति भने कांग्रेसको नेतृत्वमा युुवा पुस्ताहरूलाई आउनबाट वृद्ध नेताहरूले अवरोध गर्ने गरेको भन्दै गुनासो गरेका छन् ।
‘आउन त देशभरबाट महाधिवेशनमा युुवाहरू पनि प्रतिनिधी भएर आएका छन् । तर, सभापतिमा र अन्य ठूला पदमा भने बुढापाका नेताहरूले नै ठाउँ ओगट्छन् । युवा पुस्तालाई अवसर भन्ने नारा लगाउने अनि अवसर भने आफैँ लिइराख्ने गर्छन्’, लमजुङबाट महाधिवेशन हेर्न आएका सन्तोष श्रेष्ठ भन्छन् ।
काभ्रेबाट आएका सूर्यबहादुर लामा पनि कांग्रेसको अधिकांश केन्द्रीय पदमा युवाहरूको नेतृत्व देख्न चाहन्छन् । तर, युवा पुस्ताले खासै अवसर नपाउने उनको तर्क छ ।
लामा भन्छन्, ‘हाम्रो इच्छा त युवाहरू धेरैभन्दा धेरै नेतृत्वमा आउन पाउनु पर्छ भन्ने हो । युवाहरू नेतृत्वमा आए समृद्धि र रुपान्तरण सम्भावना छ । तर, पार्टीमा क्षमता, दक्षताभन्दा बढी उमेर हेरिन्छ । वृद्ध नेताहरू नै नेतृत्वमा आउन खोज्छन् ।’
पछिल्लो समय कांग्रेसमा युवाहरूको नेतृत्वका विषयमा व्यापक रूपमा बहस हुने गरेको छ । तर, बहस भएअनुसार अवसर दिनबाट पार्टी नेतृत्वहरू लागि नपरेको महाधिवेशनमा भेटिएकी सुनिता रिमालको बुझाइ छ ।
उनी भन्छिन्, ‘भन्न त अब युवाहरूलाई अवसर भनिन्छ नि । तर, पद दिने बेला सधैँ पछाडि पारिन्छ । जसले नेताको चाकडी गर्छ, जाे धनि छ, उसले अjसर पाउँछ । नत्र आम युवाहरूले खासै अवसर पाउँदैनन् ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend