काठमाडौं।नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले धर्मबारे व्याख्या गरेका छन् ।
१४औँ महाधिवेशनको बन्दसत्रबाट पारित नेपाली कांग्रेसका लागि वैचारिक आधार प्रशिक्षण पुस्तक प्रतिवेदनमा निधिले धर्मलाई समाजवाद र पर्यटनसँग जोडेर व्याख्या गरेका हुन् ।
सिद्धान्तका आधारमा समाजवादको भिन्नता छुट्याउने क्रममा निधिले धर्मको विषयमा उल्लेख गरेका छन् । लोकतान्त्रिक समाजवादमा उनले धार्मिक स्वतन्त्रतालाई प्रश्रय दिने बताएका छन् ।
त्यसैगरी, कम्युनिस्ट अर्थात् साम्यवादी समाजवादमा भने धर्मसंस्कृतिलाई नमान्ने र धर्मलाई अफिम ठान्ने निधिले उल्लेख गरेका छन् । यो भिन्नता पेज नम्बर १९ मा उल्लेख छ ।
लोकतान्त्रिक समाजवाद अंगालेको कांग्रेसले धार्मिक स्वतन्त्रलाई प्राथमिकता दिने निधिको सन्देश छ । अहिले कांग्रेसभित्र धर्म निरपेक्षता होइन धार्मिक स्वतन्त्रताको आवाज उठेको छ । अझ केहीले हिन्दु राष्ट्रकै कुरा उठाएका छन् ।
शुक्रबार महाधिवेशन उद्घाटन सत्रमा महामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता शब्द हटाउनुपर्ने धारणा राख्दै धार्मिक स्वतन्त्रता कायम हुनुपर्नेमा जोड दिएका थिए । पछिल्ला दिनमा नेता एनपी साउद पनि धर्म निरपेक्षताविरुद्धमा छन् । सनातन हिन्दु मूल्यमान्यताको रक्षा गर्दै धार्मिक स्वतन्त्र अपनाउनुपर्ने उनको पनि राय रहँदै आएको छ ।
विगतमा प्रखर धर्म निरपेक्षताको वकालत गर्ने निधि महाधिवेशन अगाबै सभापतिको दौडधुपमा सनातन हिन्दु धर्म संस्कृतिको पक्षमा सांकेतिक रुपमा आफूलाई उभ्याउँदै आएका छन् । अहिले आएर निधिले आफ्नो प्रतिवेदनमा समेत धार्मिक स्वतन्त्रतालाई जोड दिएका हुन् ।
यतिमात्रै होइन निधिले आफ्नो प्रतिवेदनमा नेपाललाई हिन्दू र बौद्ध धर्मको प्रमुख अन्तर्राष्ट्रिय धार्मिक गन्तव्यको रुपमा पर्यटक आकर्षित गर्ने पूर्वाधार विकासमा जोड दिएका छन् । यो कुरा पेज नम्बर ५७ मा उल्लेख छ । न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend