Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस बन्दसत्रमा पौडेलको कुर्सी खाली


    शुक्रबार, मंसिर २४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको बन्दसत्रमा रामचन्द्र पौडेल अनुपस्थित भएका छन् । बन्दसत्रमा नेता पौडेलसँगै प्रकाशमान सिंह र शेखर कोइराला पनि अनुपस्थित रहेका छन् ।

    पौडेल समूहका मुख्य नेताहरू अहिलेसम्म बन्दसत्र स्थलमा उपस्थित नभएको बताइएको छ ।

    पौडेल पक्ष  सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा छलफलमा रहेको छ ।

    कांग्रेस केन्द्रीय समिति बैठकमा नआएका नेता पौडेल महाधिवेशन उद्घाटन स्थलमा पनि नआउने अडानमा थिए । पछि नेताहरूले उनको घरमै पुगेर कार्यक्रममा उपस्थित हुन आग्रह गरेपछि उनी भृकुटीमण्डप पुगेका थिए ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार