Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस केन्द्रीय सदस्यमा खोटाङका पाँच नेताको उम्मेदवारी


    शुक्रबार, मंसिर २४ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ।खोटाङका पाँच नेताले कांग्रेसको केन्द्रीय सदस्यमा लड्ने घोषणा गरेका छन् । हालसम्म कांग्रेसको केन्द्रीय सदस्य नपाएको जिल्लाबाट संघीय महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेल, रविप्रकाश राई, सरस्वती बजिमय, नरेश श्रेष्ठ र हिरा गुरुङले कांग्रेसको आसन्न राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

    सरस्वती र रविप्रकाशले संस्थापन तथा सुवास, नरेश र हिराले संस्थापन इतर समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका हुन् । केन्द्रीय सदस्यका पाँचै जना आकांक्षी हाल चुनावी प्रचार प्रसारमा जुटेका छन् । 

    कतिपय नेता तथा कार्यकर्ता सामाजिक सञ्जालबाट भोट मागिरहेका छन् । कांग्रेसको राष्ट्रिय अधिवेशनका लागि जिल्लाका सयौं कांग्रेस नेता काठमाडौं पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार