Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रमेश खरेलले घोषणा गरे नयाँ पार्टी


    शुक्रबार, मंसिर २४ २०७८
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । काठमाडौंमा शुक्रबार पत्रकारसम्मेलन गर्दै पूर्व डिआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन्। 

    देशमा कुशासन व्याप्त भएकाले त्यसमा सुधार गर्न आफूले पार्टी खोलेको उनले बताए । 

    पूर्व डिआईजी खरेलले देश सुहाउँदो र सुशासनलाई प्रमुख एजेण्डा बनाउँदै नव गठित पार्टी अघि बढने बताए । 

    आफूले सेवा गर्नका लागि पार्टी खोलेको भन्दै खरेलले भने, ‘ मैले साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन।’

    उनले राजनीतिमा लागेकाहरुमा सेवाको भन्दा पनि पेशाको भावना भएको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार