Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिडिया अब ‘सेल्फ रेगुलेट’ हुनुपर्छ : मन्त्री झाँक्री


    शुक्रबार, मंसिर २४ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मिडिया सेल्फ रेगुलेट हुनुपर्ने बताएकी छन् । वोष्टर मिडियाको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सरकारले कानुन बनाएर मिडियालाई संकुचन गर्नुभन्दा पनि मिडिया स्वतः नियमन हुनुपर्ने बताएकी हुन् । 

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले भनिन् , ‘मिडिया आफैँ नियमन हुनुपर्छ,तर अनधिकृत रूपमा कसैको चरित्रहत्या गर्नेलाई भने कारबाहीको दायरामा ल्याउनैपर्छ । ‘

    मन्त्री झाँक्रीले पछिल्लो समय मिडियाको क्षेत्रमा देखिएको विकृतिलाई लक्षित गर्दै कसैका विरुद्ध प्रायोजित समाचार नबनाउन पनि आग्रहसमेत गरिन् । साथै समाचार विचार मिश्रित नभएर तथ्य मिश्रित हुनुपर्नेमा पनि मन्त्री झाँक्रीले जोड दिइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार