Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसलाई सम्झाउन जान्छु भनेर आएका ओलीले भने-कांग्रेस आर्काको एजेण्डमा नहिडोस्


    शुक्रबार, मंसिर २४ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अर्काको एजेण्डा बोकेर नहिड्न सुझाव दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह पनि गरेका छन् । उनले महाधिवेशको शुभकामना दिँदै भने, ‘नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिड्न छाड्नु पर्छ । आफ्नो एजेण्डा लिएर अघि बढोस् ।’

    कांग्रेसको महाधिवेशनमा आउनुअघि एमाले अध्यक्ष ओली प्रज्ञा प्रतिष्ठानमा आयोजित पार्टी कार्यक्रममा सहभागी थिए । उनी त्यहाँबाट कांग्रेसलाई सम्झाउन जान्छु भन्दै निस्किएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार