Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल-भारतको सम्बन्ध समधुर बनाउन चाहन्छौँ : मुकुल वासनिक


    शुक्रबार, मंसिर २४ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिकले नेपाल भारतबीचको सम्बन्ध समधुर र सुदृढ बनाउन आफूहरू क्रियाशील रहने बताएका छन् । 

    काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा शुभकामना दिन आएका उनले नेपाल-भारत बीचको सम्बन्ध सुमधुर र सुदृढ बनाउन आफ्नो पार्टी सधैं सचेत रहेको जानकारी दिए । 

    उनले भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष साेनिया गान्धीका तर्फबाट कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिएका छन् । 

    यसअघि भाजपाका हर्षवद्र्धनले पनि कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिँदै नेपाल भारतसम्बन्ध सुमधुर रहेको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार