Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड र माधव नेपाल पुगे कांग्रेस महाधिवेशन स्थल


    शुक्रबार, मंसिर २४ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको औपचारिक उद्घाटन हुनै लागेको छ । अहिले महाधिवेशन स्थल भृकुटीमण्डपमा देश तथा विदेशबाट आमन्त्रण गरिएका पाहुना आउने क्रम चलिरहेको छ । 

    नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् । 

    भारतका विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी भएका छन् । अहिले विभिन्न जातजातिको झाँकी प्रस्तुत भइरहेको छ । झाँकीपछि औपचारिक रूपमा उद्घाटन गरिनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार