काठमाडौं। नेपाली कांग्रेसको सभापतिमा रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै गएको दाबी गरिएको छ । काठमाडौंमा शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी घोषणा भइरहेका बेला पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो ।
सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिले समर्थन जनाएको बताइएसँगै पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो । सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला नाम चर्चामा छ ।
तर, आफ्नो पक्षमा समर्थन नजुटेपछि महाधिवेशनमै सहभागी नहुने भन्दै विज्ञप्ति जारी गर्ने तयारी गरेपछि पौडेललाई नेताहरूले रोकेका थिए । तत् पश्चात सिंह र कोइरालाले छाडे आफूले पनि पौडेललाई समर्थन जनाउने भन्दै निधिले विज्ञप्ति जारी नगर्न आग्रह गरेका थिए ।
पौडेलको पक्षमा देउवा र सिंहबाहेक अरुको समर्थन देखिएको पौडेलको सचिवालयले दाबी गरेको छ । ‘सिंहबाहेक संस्थापनइतर पक्षको समर्थन रामचन्द्रजीलाई देखिएको छ ।
विमलेन्द्र निधिले पनि समर्थन जनाउने भएपछि आजै बेलुकासम्म उम्मेदवारी टुंगो लाग्छ’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend