Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वडीआईजी रमेश खरेल आज नयाँ दल घोषणा गर्दै


    शुक्रबार, मंसिर २४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल आज शुक्रबार नेपाल सुशासन पार्टी नामक नयाँ दल घाेषणा गर्ने भएका छन्  ।

    पछिल्लाे पटक नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसाे साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घाेषणा गर्न लागेका हुन् ।

    राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका हुन् ।

    ramesh-kharel.jpg.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार