काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आज शुक्रबारदेखि सुरु हुँदै गर्दा अहिले जतिसुकै गुटगत राजनीति भए पनि महाधिवेशनपछि उक्त कार्य बन्द गर्न आग्रह गरिएको छ ।
राजधानीमा ईआईसीटी नेपालले शेयरकाष्ट इनिशियटिभ नेपालसँगको सहकार्यमा गरेको महाधिवेशन प्रतिनिधि सर्वेक्षण सार्वजनिक कार्यक्रम अन्तर्गत ‘कांग्रेसमा गुट किन हावी छ ?’ विषयक कार्यक्रमका वक्ताले गुटगत कार्यक्रम बन्द गर्नुपर्नेमा जोड दिएका हुन् ।
पत्रकार हरिबहादुर थापा, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक पिताम्बर भण्डारी, लुम्बिनी प्रदेशकी कांग्रेस सहमहामन्त्री निमा गिरी र कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार अजयबाबु शिवाकोटीले आन्तरिक गुटगत राजनीतिले पार्टी पछि पर्ने भन्दै गुट बन्द गर्न आग्रह गरेका हुन् ।
पत्रकार थापाले कांग्रेस शुरुआतदेखि नै गुटबाट अगाडि बढेको भए पनि त्यतिबेला र अहिलेको प्रसङ्ग फरक भएको बताए । उनले पहिले वैचारिक र सैद्धान्तिक गुट हुँदै गरेको भए पनि अहिले आफ्नो पक्षलाई बलियो बनाउन वडातहसम्मै गुट बनेको भन्दै चिन्ता व्यक्त गरे । उनले गुटगत राजनीतिका कारण पार्टीभित्र अन्तर्घात हुँदै गए त्यसको असर आगामी आम निर्वाचनमा पर्न सक्ने बताए ।
उपप्राध्यापक भण्डारीले बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाहरु हुन्जेलसमेत गुट भए पनि उनीहरुले एजेन्डाका काम गरेको स्मरण गर्दै अहिले पद, पैसा र शक्तिका लागि काम हुन थालेको बताए । उनले कांग्रेसभित्र तल्लोतहदेखि माथिसम्म आन्तरिक राजनीतिमा ठाडो विरासत देखिएको बताउँदै प्रणाली कमजोर हुँदा यसको प्रभाव परेको जनाए ।
नेतृ गिरीले कांग्रेसमा पौरख गरेको र प्राविधिक गरी दुई गुट रहेको भन्दै आफ्नो क्षेत्रमा पौरख गरेर कांग्रेसलाई जोगाएको गुट भन्दा चुनावका बेलामा होहल्ला गरेर प्राविधिक तरिकाले पहुँचका भरमा आएको गुटले दबाउने काम गरेको बताइन् । उनले गुट अर्को पुस्तामा सरिरहेको भन्दै यसले सिङ्गो पार्टीलाई नै गम्भीर खतरामा पार्ने अवस्था रहेको बताइन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका पत्रकार शिवाकोटीले आफू जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउँदै गर्दा ‘तपाई कुन गुटबाट ?’ भनी सोधेको प्रश्नले मन चस्किएको सुनाउँदै एउटा गुट र अर्को गुटको मानिसबीच बोलचालसमेत नभएको अवस्था आएको बताए । उनले यो गुटगत राजनीति हावी भए यसले आम निर्वाचनमा प्रत्यक्ष असर पार्ने बताए । उनले विगतमा कांग्रेसको महाधिवेशनमा गुटभन्दा बाहिर रहेर पनि चुनाव जित्न सकिने भन्दै ‘प्रतिनिधिको विवेकप्रति मलाई के विश्वास छ भने निर्वाचनमा कुन व्यक्तिले नेतृत्व लिँदा फाइदा हुन्छ भनेर हेर्नुहुनेछ ।’
कार्यक्रममा अनुसन्धानकर्ता प्रकाश लामिछानेले महाधिवेशन प्रतिनिधि सर्वेक्षण प्रस्तुत गरेका थिए । जसमा महाधिवेशनमा सहभागीता जनाउने ¥याण्डम विधिबाट छानिएका ९१४ जना प्रतिनिधिसँग टेलिफोन अन्तर्वार्ता गरी तथ्याङ्क समेटिएको बताए । तीमध्ये १७ प्रतिशतले गुटका व्यक्तिलाई मात्र भोट हाल्ने बताएका छन् । ५१ प्रतिशतले गुटका व्यक्तिलाई मात्र भोट हाल्ने सम्भावना छैन भनेका छन् भने अवस्था हेरेर निर्णय लिने संख्या ३२ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend