Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिला हिंसा अन्त्यको लागि घरघरबाटै पहल गर्नुपर्छः मन्त्री झाँक्री


    बिहिबार, मंसिर २३ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्यको लागि घरघरबाटै पहल गर्नुपर्ने बताएकी छन् । महिला सुरक्षा दबाब समुहले आयोजना गरेको १६ दिने महिला हिंसाविरुद्धको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले हिंसा अन्त्यको सुरुवात घरघरबाटै हुनुपर्ने बताइन् । 

    समाज र सामाजिक चिन्तनमा भएको परिवर्तनले हिंसाको तरिका फरक भएपनि वास्तवमै लैगिंक विभेद भने हट्न नसकेको उनकाे भनाइ छ । विगतको महिला आन्दोलनलाई पनि जोड्दै आजको उपलब्धी हिजोको आन्दोलन भएको बताउँदै उनले अबको आन्दोलन जगाउने जिम्मा भावी पुस्ताको भएको बताइन् । साथै मन्त्री झाँक्रीले समाजमा हुने हरेक किसिमका हिंसा अन्त्यका लागि समाज, राज्य र हरेक घर नै सचेत हुनुपर्नेमा पनि जोड दिइन् । 

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले महिलामाथि हुने गरेका चरम यातना तथा हिंसाका घटनाहरूलाई निराकरण गर्न सबैलाई आह्वान गरिन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार