काठमाडौं । कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले जनतासँग वाचा गरेअनुसार काम गर्न नसकेका दलहरूमा अब बाहना नरहेको बताएका छन् ।
आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै उनले आन्दोलनपछि प्राप्त राजनीति उपलब्धी भए पनि जनतामाझ गरेको वाचा पूरा गर्न नसकेको बताए ।
‘हामीले जनआन्दोलनपछि ठिक हुन्छ भन्यौँ, त्यसपछि संविधानसभा निर्वाचन, संविधान निर्माण, नयाँ संविधानअनुसार राज्यको पुनर्संचना भएपछि ठिक हुन्छ भन्यौँ,’ उनले भने, ‘तर, अहिले अहिले जनतामाझ गरिएका वाचा पूरा भएनन् । राज्यका निकाय कमजोर बने ।’
पाँच वर्ष कम्युनिष्टले सरकार चलाउने र जनताको पक्षमा काम गर्ने विश्वास गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई शुभकामना दिएको भन्दै उनले तर, त्यसअनुसार काम नहुँदा जनतालाई दिने जवाफ नभएको र जनता पनि निराश भएका बताए ।
‘पार्टी पुनर्जागरण र रुपान्तरण’ नारा दिएका नेता थापाले अब कांग्रेसले ‘म होइन हामी’ भनेर काम गर्ने बताए । कांग्रेसको सदस्य हुनु र चुनाव जित्नु भन्दा पनि संकल्पसहित काम गर्न दृढता आवश्यक पर्ने भन्दै उनले आफूले काम गर्नकै लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको बताए ।
कांग्रेसको महामन्त्री भनेको कुर्सीमा बस्नेमात्र होइन पार्टीको नीतिअनुसार काम गर्ने व्यक्ति रहेको भन्दै नेता थापाले प्रत्येक नेपालीसँगको क्षमता प्रयोग गर्न शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्नुपर्ने बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend