Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘एक पटक यसै पटक’ भन्दै शेखर कोइरालाले सभापतिका लागि सुरु गरे प्रचार


    बिहिबार, मंसिर २३ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापतिका लागि प्रचार सुर गरेका छन् ।

    संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइराला बिहीबार अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान छेडेका छन् ।

    संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापतिका आकांक्षी छन् । मंगलबारदेखि साझा उम्मेदवार तय गर्ने विषयमा इतर पक्ष छलफलमा जुटेको जुट्यै छ । बिहीबारसम्म पनि सहमतिका लागि छलफल भएको थियो । तर, कुनै निकास निस्कन सकेको छैन ।

    प्रकाशमान र शेखरबीच सहमति हुन नसक्दा नेता पौडेल चिन्तित बनेका छन् । तीनैजना आजको केन्द्रीय समिति बैठकमा समेत उपस्थित भएनन् । प्रकाशमानले आफूले सभापतिमा दाबेदारी नछाडेको बताएपछि शेखरले पनि सभापतिको उम्मेदवारी दिने भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार