तनहुँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरू हुँदैछ । पटक पटक सर्दै २४ देखि २६ मंसिरमा हुन लागेको महाधिवेशनमा सहभागी हुन देशभरका महाधिवेशन प्रतिनिधि काठमाडौंमा पुग्ने क्रम जारी छ । यही क्रममा तनहुँबाट पनि महाधिवेशनमा ५३ जना प्रतिनिधि सहभागी हुँदै छन् । तीमध्ये केही हप्ता दिन अगाडि नै काठमाडौं पुगिसकेका छन् भने केही आज साँझसम्म पुग्नेगरी बाटो लागेका छन् ।
१४औँ महाधिवेशनमा सहभागी हुने तनहुँका प्रतिनिधिको एउटै मत छ-यसपटक गुटरहित कांग्रेस बनाउने नेतृत्व चयन गर्नु पर्छ । गुटको राजनीतिले व्यक्तिलाई फाइदा भए पनि पार्टीले नोक्सानी व्यहोर्नु पर्ने उनीहरूकाे तर्क छ ।
सत्ता र पद भन्दा लोकतन्त्रको रक्षाको निम्ति काम गर्ने नेतृत्व कांग्रेसलाई आवश्यक रहेको जिल्ला सभापति एवं महाधिवेशन प्रतिनिधि जितप्रकाश आले बताउँछन् । उनी भन्छन्, ‘यसपाली पदको मात्रै होइन आदर्श र विचारको राजनीति गर्न सक्षम नेतृत्व चयन गर्नेछौँ ।’ कांग्रेसमा राजनीतिक संस्कार नहुँदा गुटगत राजनीति हावी हुन थालेको उनको प्रतिक्रिया छ । गुटगत राजनीतिले पार्टीलाई कमजोर बनाउदैँ लैजाने भएकाले अन्त्य गर्नुपर्नेमा उनको जोड छ ।
अर्का महाधिवेशन प्रतिनिधि प्राडा कृष्णप्रसाद गौतम अनुशासनहिनताका कारण कांग्रेस जर्जर अवस्थामा पुगेकाले सुधार गर्ने नेतृत्व महाधिवेशनबाट आउने अपेक्षा राखेको बताउँछन् । उनी भन्छन्, ‘अहिलेको नेतृत्व नै गुटलाई प्रशय दिनेछ । कांग्रेसको हित भन्दा पनि आफ्नो गुटको स्वार्थमा बढी लाग्ने र सत्तालिप्त भएको कारणले कांग्रेस जर्जर अवस्थामा पुगेको हो । यसलाई सुधार गरेर गुटरहित कांग्रेस र अनुशासित कार्यकर्ता बनाउन सक्षम नेतृत्वलाई छनोट गर्नुपर्छ ।’ अब पार्टीको नेतृत्व युवा पुस्ताले हाँक्नु पर्ने उनले बताए । यसपालिको महाधिवेशनमा युवापुस्ताको बाहुल्यता रहेको कार्य समिति बनाएर अर्को पटक उमेर पुगेका बुढा नेतालाई बिदाई गर्नुपर्ने उनको धारणा छ ।
महाधिवेशन नीतिलाई नभएर नेतृत्व छान्ने थलोमा रुपान्तरण भएकोमा शान्तिरमण वाग्लेको चिन्ता छ । ‘नेतृत्व मात्रै छान्ने अधिवेशनका रुपमा अगाडि बढेको छ । निष्ठावान आदर्श र कर्तव्यनिष्ठ नेतृत्वलाई छान्नुपर्ने चुनौती छ’, उनले सुनाए । भावी नेतृत्व युवाले सम्हाल्ने भएकाले साथमा लिएर जानुपर्ने वाग्ले बताउँछन् । ‘युवासँगै अग्रजलाई पनि समेट्नुपर्छ । यसपालि तल्लो तहदेखि युवाको राम्रो उपस्थिति छ । युवा र अग्रज साथमा मिलेर लाग्ने हो भने कांग्रेस अझ शसक्त बन्ने निश्चित छ,’ उनले भने ।
यसपालिको महाधिवेशनले पदाधिकारीमा धेरै महिलालाई समेट्ने सरिता गुरुङकाे विश्वास छ । ‘महिला आरक्षण कोटामा मात्रै नभएर पदाधिकारीमा पनि महिला पुग्नुपर्छ,’ गुरुङले भनिन्, ‘महिला नेतृत्वमा पुग्न योग्य छन् । महिलाको योगदानलाई पार्टीले सही सम्मान दिने विश्वास लिएका छौँ ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend