Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कांग्रेस सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’को उम्मेदवारी घोषणा


    बिहिबार, मंसिर २३ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वसांसद तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

    संस्थापन पक्ष अर्थात शेरबहादुर देउवा समूहबाट उम्मेदवारीको घोषणा गरेकी उनले पार्टीभित्र महिलाको समान उपस्थितिका लागि आफ्नाे उम्मेदवारी आवश्यक रहेकाे बताएकी छिन्।

    एक तिहाइ महिलाको सुनिश्चिततका लागि विधान समितिमा बसेर पटकपटक सशक्त आवाज उठाउँदै आएको सुनाउँदै उनले भनिन्, ‘नेपाली कांग्रेसको जुन सिद्धान्त र आदर्श छ, यसलाई निरन्तरताका रूपमा गन्तव्यमा पु¥याउन नेपाली कांग्रेसले चाहेको र नेतृत्वले दिएको विचार र जिम्मेवारी छ, त्यसलाई निर्णायक तहमा पु¥याउने काममा निरन्तर लागिपरेकी छु । त्यसका लागि पनि मेरो उम्मेदवारी हो ।’

    डिनाले पदाधिकारीमा रहदा नेतृत्वलाई दवाब दिन सहज हुने भएकाले आफू अघि बढेको बताइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार