Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, एजेण्डा के ?


    बिहिबार, मंसिर २३ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ। 

    पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा बस्ने भएको हो  ।

    बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पौडेलले जानकारी दिए । 

    यस्तै, बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको  पौडेलले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार