Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बीपी कोइरालाको आर्थिक विचारसम्बन्धी पूर्व गभर्नर नेपालको पुस्तक


    बुधबार, मंसिर २२ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।बीपी कोइरालाका आर्थिक क्षेत्रसँग सम्बन्धित विचारहरूलाई समेटेर नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले लेखेको पुस्तक ‘बीपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक गरिएको छ ।

    शिखा बुक्सले  प्रकाशन गरेको पुस्तकमा बीपी कोइरालाले आर्थिक विषयमा राखेको विचारलाई समेटिएको छ । २०३४ देखि २०३९ सालसम्म बीपीसँग गरेको संगतका साथै पाल्पा बहुमुखी क्याम्पस, चितवन, बुटवल, कपिलवस्तुलगायतका जिल्लामा गरेको भाषण र अन्य सोधहरूको अध्ययनका आधारमा पुस्तक प्रकाशन गरिएको लेखक नेपालले जानकारी दिए । 

    पुस्तक विमोचन कार्यक्रममा उद्योगपति विनोद चौधरीले बीपीको सोच अहिले पनि सान्दर्भिक रहेको र पुस्तकबाट बिचार निर्माण गर्न सहयोग मिल्ने बताए । १३६ पेजको पुस्तकको मूल्य २५० रुपैयाँ तोकिएको छ ।न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार