काठमाडौं। राप्रपाको एकता महाधिवेशन पछिको पहिलो केन्द्रीय समिति बैठकमा महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिनको माग भएको छ ।
बुधबार बसेको बैठकमा केही केन्द्रीय सदस्यहरुले महाधिवेशनमा निर्मल निवास (पूर्व राजा ज्ञानेन्द्र शाह) ले हस्तक्षेप गरेको भन्दै छानबिनको माग गरेका हुन् ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा निवर्तमान अध्यक्ष कमल थापा पक्षधर केन्द्रीय नेताहरुले यस्तो माग गरेका हुन् ।
बैठकमा केन्द्रीय सदस्यहरु राजाराम बर्तौला, विजय खड्का, जमुना थापा, रिता माझी, केदार कोइराला, दीपक मल्ल लगायतले निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न समिति गठन गर्न माग गरेका हुन् ।
नेता बर्तौलाले महाधिवेशनमा निर्मल निबासले हस्तक्षेप गरेकाले समिति गठन गर्न आफूहरुले बैठकमा माग गरेको बताए ।
तर, अध्यक्ष राजेन्द्र लिङ्देन पक्षधर नेताहरुले भने छानबिनको आवश्यकता नभएको बताएका थिए ।
निर्मलनिवासले महाधिवेशनमा हस्तक्षेप गरेका कारण आफू पराजित भएको बताउने पूर्व अध्यक्ष कमल थापा भने बैठकमा सहभागी थिएनन् । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend