बैतडी। संगठन विस्तारको अभियानमा रहेको नेकपा माओवादी केन्द्रले बैतडीका नौ स्थानीय तहमा पालिका कमिटी गठन गरेको छ ।
बुधबार जिल्लाको मेलौली नगरपालिकामा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भीमबहादुर चन्दको अध्यक्षतामा ६५ सदस्यीय नगरकमिटी गठन गरेको छ । नगर कमिटीको वरिष्ठ उपाध्यक्षमा लोकमणि भट्ट, उपाध्यक्षमा तारा विष्ट र सुरेश परियार रहेका छन् ।
यस्तै कमिटीको सचिवमा धरमसिंह दयाल, सहसचिवमा भवानीदत्त भट्ट, कोषाध्यक्षमा मनीषा दयाललगायत अन्य सदस्य रहेका छन् । माओवादी केन्द्रले यसअघि जिल्लाका ८४ वटै वडा र ७ स्थानीय तहमा कमिटी गठन गरेको छ ।
जिल्ला सदरमुकामको स्थानीय तह दशरथचन्द नगरपालिकामा गोपाल बोहराको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । पाटन नगरपालिकामा तर्क ठगुन्नाको अध्यक्षतामा नगर कमिटी गठन गरिएको छ । यसैगरी पुर्चौडी नगरपालिकामा आनन्द सिंह धामी र मेलौली नगरपालिकामा भीमबहादुर चन्दको अध्यक्षतामा ६५/६५ सदस्यीय नगरकमिटी गठन गरिएको छ ।
यसैगरी जिल्लाको डिलाशैनी गाउँपालिकामा जगदीश नाथ, सूर्नया गाउँपालिकामा राम बहादुर विष्ट, सिगास गाउँपालिकामा प्रकाश बहादुर साउद, शिवनाथ गाउँपालिकामा गोरख साउँद र दोगडाकेदार गाउँपालिकामा तारसिंह कुवरको अध्यक्षतामा पालिका कमिटी गठन गरिएका छन् ।
अधिवेशन गर्न बाँकी रहेको पञ्चेश्वर गाउँपालिकामा भने बिहीबार हुने पार्टीका जिल्ला समन्वयन समिति संयोजक प्रेम प्रकाश भट्ट(आदित्य)ले जानकारी दिए । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend