Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोइला काट्ने क्रममा घाइते भएका बलराम राईकाे उपचारमा आर्थिक अभाव


    बुधबार, मंसिर २२ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ।भारतको मेघालयमा कोइला काट्ने क्रममा घाइते भएका खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४१ वर्षीय बलराम राईको उपचारमा आर्थिक संकट परेकाे छ । 

    २०७६ सालमा कोइला खाद पुगेका राई गत २ मंसिरमा घाइते भएका थिए । भारतमा सामान्य उपचारपछि त्यहाँ रहेका नेपालीले चन्दा उठाएर नेपाल पठाएका थिए । उनकाे अहिले अपांग अस्पताल नारायणटारमा उपचार भइरहेको छ ।

    तर, आर्थिक अभावका कारण थप उपचार अघि बढ्न नसकेको घाइते राईले बताए । उनको कम्मरमुनिको भाग चल्दैन ।  दिसापिसाब भएकाे समेत थाहा पाउँदैनन् । 

    थप उपचारमा सहयाेग गर्न उनले अपील गरेका छन् ।  बलरामको श्रीमती सहित तीन छोरी र तीन छोरा छन् ।न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार