Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोभिशिल्ड र एस्ट्राजेनेकाको दोस्राे मात्रा दिन सुरू


    बुधबार, मंसिर २२ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । खोटाङमा गत भदौ र असोजमा कोभिड-१९ विरुद्ध कोभिशिल्ड र एस्ट्रा जेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्राे मात्रा दिन सुरू गरिएको छ । १५ र १६ भदौ तथा ४ र ५ असोजमा कोभिशिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई मंगलबार र बुधबार दोस्राे मात्रा दिन लागिएकाे हाे ।

    एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई पनि कोभिशिल्ड खोप दिएकाे स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । 

    भदौ र असोजमा सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका १३ हजार नागरिकले कोभिशिल्ड र एस्ट्रा जेनेका खोप लगाएका थिए । तिनै नागरिकलाई अहिले कोभिशिल्डको दोस्राे मात्राको खोप दिन थालिएको हो । पहिला एस्ट्राजेनेका खोप लगाएकाले पनि कोभिशिल्ड खोप लगाउन मिल्ने सिग्देलले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार