Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झन्डै १७ लाख रुपैयाँसहित अपार्टमेन्टमा जुवा खेलिरहेकाे अवस्थामा १६ जना पक्राउ


    बुधबार, मंसिर २२ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१५ बिजेश्‍वरीबाट कौडा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका-१ घर भएकी  ३१ वर्षीया विनिता परियार लगायत १६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरूलाईकाठमाडौं महानगरपालिका-१५ बिजेश्‍वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा नगद १६ लाख ९० हजार ५ सय रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको स्राेतले जानकारी दिएकाे छ ।

    पक्राउ परेकालाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरी नायब उपरीक्षक मिलन केसीले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार