Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिपुरासुन्दरी मन्दिरबाट भगवतीको मूर्ति चोरी


    बुधबार, मंसिर २२ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोक जिल्लाकै पुरानो र ऐतिहासिक त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित सयौ वर्ष पुरानो त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएको हो ।

    सयौँ वर्ष पुरानो सुनको जलप प्रयोग गरीएको भगवतीको मूर्ति र कलशका साथै पुरानो विष्णुको दुईवटा कलात्मक मूर्ति चोरी भएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए।

    पुरातत्व विभागको सहयोगमा अहिले मन्दिरको गजुर राख्ने काम भइरहेको छ । भुकम्पपछि अस्थायी टहरोमा मूर्ति राखी पूजा गरिँदै आएको थियो । मंगलबार राति अपरिचित युवकहरू मोटरसाइकलमा आएको स्थानीयहरूले देखेको बताएका छन् ।

    मन्दिरको ढोका खुला देखेको र हेर्दा मूर्ति कलश नरहेको स्थानीयहरूले पाएपछि प्रहरीलाई खवर गरेका थिए । यसअघि २०२५ र २०४२ सालमा गरी दुईपटक त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार