काठमाडौं । लिखु तामाकोशी गाँउपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास सहजकर्ता ,कार्यालय सहयोगी र सहायक कर्मचारीहरुको तलव सरकारले तोके बमोजिम नै दिने भएको छ ।
सामुदायिक विद्यालयमा कार्यरत बाल विकास सहजकर्ता ,कार्यालय सहयोगी र सहायक कर्मचारीहरुको तलव सरकारले तोके बमोजिम नदिएको भन्ने समाचार आएपछि लिखु तामाकोशी गाँउपालिका अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत बाल विकास सहजकर्ता ,कार्यालय सहयोगी र सहायक कर्मचारीहरुको चालू आ. व. ०७८/८९ मा सकारले तोके बमोजिम नै दिने गरि गाउँपालिकाबाट थप बजेट विनियोजन गरेको छ ।
यस आर्थिक वर्षबाट कार्यालय सहयोगी र सहायक कर्मचारीहरुको तलव १५ हजार र सहायक कर्मचारी ( लेखापाल)को हकमा २० हजार पाच सय हुने गाँउपालिकाले जनाएको छ ।