Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समावेशी विकासको सुनिश्चिता गराउन मेरो उम्मेदवारी : जितजंग बस्नेत


    बुधबार, मंसिर २२ २०७८
    2.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले समावेशी विकासको सुनिश्चितता गराउन १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्ने बताएका छन् ।

    खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका बस्नेतले बुधबार विज्ञप्ति जारी गर्दै उम्मेदवारीको कारण खुलाएका छन् ।

    सिंगो नेपाल र नेपालीलाई एकाकार गर्नेगरी कांग्रेसको नेतृत्वमा जारी भएर कार्यान्वयनमा आएको संविधानलाई संस्थागत गर्ने, दिगो बनाउँदै सामाजिक न्यायसहितको आर्थिक समृद्धिको नेतृत्व गर्नुपर्ने कार्यभार कांग्रेसकै काँधमा रहेको भन्दै बस्नेतले विभिन्न जात–जाति, समुदाय, उत्पीडित वर्ग, धर्म र संस्कृति सबैलाई जोडेर समावेशी विकासको सुनिश्चिता गराउनु आफ्नो राजनीतिक ध्येय भएको उल्लेख गरेका छन् ।

    अपार सम्भावना बोकेको नेपालमा युवालाई उद्यमशील बनाउने, भविष्यको पुस्तालाई समान र उच्च स्तरको शिक्षा  नेपालमै दिलाउने, अग्रजलाई सहज र सहुलीयत स्वास्थ्य उपचारको पहुँचमा पुर्‍याउने तथा देशलाई समुन्नतिको बाटोमा डोहोर्‍याउन पहल गर्ने उनको भनाइ छ ।   

    राष्ट्रियता, लोकतन्त्र, समाजवाद र व्यक्तिगत स्वतन्त्रताको रक्षार्थ डटेर लाग्ने भन्दै उनले सहयोगको अपिलसमेत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार