Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस केन्द्रीय सदस्यमा रविप्रकाश राईको उम्मेदवारी घोषणा


    बुधबार, मंसिर २२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । खोटाङका कांग्रेस नेता रविप्रकाश राईले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । केही समयअघि सम्पन्न जिल्ला अधिवेशनबाट संघीय महाधिबेशन प्रतिनिधि निर्वाचित भएका राईले कांग्रेसको राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति काेटाबाट केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका हुन् । 

    संस्थापन पक्षबाट जिल्ला सभापतिको आकांक्षी रहेका उनी अन्तिममा केन्द्रीय सदस्यमा उठ्ने गरी जिल्ला सभापतिको दौडबाट ‘व्याक’ भएका थिए । नेतृत्वमा युवा पुस्ताको उपस्थिति हुनुपर्ने पक्षमा निरन्तर वकालत गर्दै आएका राई २०७० सालको संविधानसभा सदस्यका उम्मेदवार पनि हुन् । 

    हालसम्म खोटाङबाट कोही पनि कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित हुन सकेका छैनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार