Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवा पक्षले टुंग्यायाे पदाधिकारीको नाम, यस्ताे छ उपसभापति देखि महामन्त्रीसम्मकाे लिस्ट


    बुधबार, मंसिर २२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आज नेपाली कांग्रेस संस्थापन पक्षले आज केन्द्रीय पदाधिकारीको उम्मेदवारको नाम सार्वजनिक गर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले सभापतिसहित १३ पदाधिकारीको नाम टुंगो लगाएर सार्वजनिक गर्ने भएको छ । 

    आफ्नो समूहको बैठकमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका देउवा बुढानिलकण्ठ पुगिसकेका छन् । केही समयभित्रै बैठक सुरु हुने र पदाधिकारीको प्यानल नै सार्वजनिक गर्ने तयारीसमेत भएको कांग्रेसका एक नेताले जानकारी दिए । देउवाले पार्टीको आन्तरिक निर्वाचनमा आफ्नो पक्ष बलियो भएको भन्दै फेरि सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् ।

    संस्थापन पक्षले १३ पदाधिकारीको अनौपचारिक सूचीसमेत बनाइसकेको छ । तर, त्यो सूची पदाधिकारीमा पार्न लबिइङका लागि हुनसक्ने अनुमान गरिएको छ । बालुवाटारको एउटा पक्षले त्यस्तो सूची अहिले सर्वेक्षणका लागि व्यापक रूपमा प्रचार गरिरहेको छ । जुन यस्तो छ –

    सभापति : शेरबहादुर देउवा 
    उपसभापति : पूर्णबहादुर खड्का 
    उपसभापति : डा‍.प्रकाशशरण महत 
    महामन्त्री : बालकृष्ण खाँण 
    महामन्त्री : विश्वप्रकाश शर्मा 
    सहमहामन्त्री : गोविन्द भट्टराई 
    सहमहामन्त्री : भिष्मराज आङ्देम्वे
    सहमहामन्त्री : मीन विश्वकर्मा 
    सहमहामन्त्री : महालक्ष्मी उपाध्याय 
    सहमहामन्त्री : फरमुल्लाह मन्सुर 
    सहमहामन्त्री : रामजनम चौधरी 
    सहमहामन्त्री : जीतेन्द्र देव 
    सहमहामन्त्री : जीवनबहादुर शाही
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार