Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका धमला जुवाको खालबाट पक्राउ


    बुधबार, मंसिर २२ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका नेता रमेश धमला जुवाको खालबाट पक्राउ परेका छन् ।

    धमलालाई मंगलबार प्रहरीले काठमाडौंको स्वयम्भूबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । 

    प्रहरी स्रोतका अनुसार धमलासहित १० जनाको समूहलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट ठूलो मात्रामा नगद बरादम भएको स्रोतको भनाइ छ। 

    धमला धादिङ कांग्रेसका निवर्तमान सभापति पनि हुन् ।  नेता धमला बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । उनी पक्राउ परेपछि छुटाउनका लागि प्रहरीलाई ठूलो दवाव परेको बताइएको छ। 

    धमला नेता रामचन्द्र पौडेल समूहबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार