Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३१५ जना कोरोना संक्रमित थपिंदा दुई जनाको मृत्यु


    मंगलबार, मंसिर २१ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा ११ हजार ८१० जनाको कोरोना परीक्षण गर्दा ३१५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

    योसँगै नेपालमा ६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। 

    पछिल्लो २४ घण्टामा ३०४ जना कोरोनाबाट निको भएका छन्। 

    योसँगै निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार २०५ पुगेको छ। निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

    पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर छन्। 

    दुई सयभन्दा बढी संक्रमित भएका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, पूर्व नवलपरासी, बाँके र कैलाली छन्। यस्तै शून्य संक्रमित भएका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, सल्यान र मुगु छन्। नेपालमा संक्रमण दर १७.६ प्रतिशत छ।

    त्यस्तै कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ। 

    त्यसैगरी पछिल्लो समय एक लाख २७ हजार ७५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। अहिलेसम्म खोपको पहिलो मात्रा एक करोड ५ लाख चार हजार ७६४ जनाले र पूर्ण मात्रा ८७ लाख ८० हजार ४३३ जनाले लगाएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार