Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कृषि विश्व विद्यालयको उपकुलपतिमा डा. महतो नियुक्त


    मंगलबार, मंसिर २१ २०७८
    515
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । प्रदेश २ सरकारले कृषि विश्व विद्यालयको उपकुलपतिमा डा. वैधनाथ महतोलाई नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलवार प्रदेश २ का नीति  आयोगका पूर्व सदस्य तथा सिरहा  मिर्चैया नगरपालिका-२ का डा. महतोलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

    प्रदेशको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालनको लागि मुख्यमन्त्री राउतले उनलाई नियुक्त गरेकाे बताएका छन् । सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा उक्त विश्व विद्यायका कुलपति समेत रहेका मुख्यमन्त्री राउतले महतोलाई नियुक्त गरेका हुन् ।

    केही दिनअघि प्रदेश सरकारले सप्तरीको राजविराजमा कृषि विश्व विद्यालय र विरगंज प्राविधिक विश्व विद्यालय खोल्ने गरी अध्यादेश ल्याएको थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार