Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शम्भु थापाको प्रश्न: प्रधानन्यायाधीशलाई महाभियोग लगाउन पर्दैन भन्ने निश्कर्षमा पुगेको हो ?


    मंगलबार, मंसिर २१ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउने बारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकका छन् ।

    मंगलबार नेपाल बार एशोसिएसनको टोली प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन माग गर्दै ओली निवास बालकोट पुगेको काे हाे ।

    उक्त भेटवार्तामा सो टोलीमा रहेका वरिष्ठ अधिवक्ता थापाले ओलीलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउन पर्दैन भन्ने निश्कर्षमा पुगेको हो भनी प्रश्न गरेका छन् ।

    आफूहरुले भन्दा प्रधानन्यायाधीश जबरालाई ओलीले बढी चिनेको भन्दै महाभियोग लगाउन हुँदैन भन्ने निश्कर्षमा पुगेको हो भनी प्रश्न गरेका हुन् ।

    ‘वर्तमान प्रधानन्यायाधीश होइन त्यस्ता छैनन् भन्ने लाग्छ कि, तपाईंसँग बढी सामिप्यता भएको नाताले‍…’ उनले भने, ‘हामीसँग त चियागफमा पनि भेट हुँदैन ।’

    वरिष्ठ अधिवक्ता थापाले पर्याप्त आधार हुँदा पनि राजनीतिक दलहरु प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आनाकानी गरेकोमा असन्तुष्टि जनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार