Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोटेश्वरमा ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु


    मंगलबार, मंसिर २१ २०७८
    440
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    दुर्घटनामा भक्तपुरको ठिमीका ३५ वर्षीय सुरज खलाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका खलाको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कोटेश्वरको आकाशेपुल नजिकै सडक किनारामा रोकिराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश-०२-०२७ प ५९३७ नम्बरको मोटरसाइकल आज बिहान सवा २ बजेतिर ठोक्किएको थियो ।

    दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार