Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जन्ती बस दुर्घटना: घाइते एक जनाकाे मृत्यु [अपडेट]


    मंगलबार, मंसिर २१ २०७८
    570
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जाजरकोट । रुकुम पश्चिमकाे मुसीकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ ।

    मुसीकोट नगरपालिका- १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोमा खड्काको बाटोमै मत्यु भएको हो । मुसीकोट- २ को बरेली बजार नजिकै सोमबार साँझ भएको जन्ती बस दुर्घटनामा घाइते भएकामध्ये २१ जनाको जिल्ला अस्पताल रुकुम पश्चिम लगिएकाे थियाे ।

    प्रहरीका अनुसार १५ जना डिस्चार्ज भइसकेको र चार जनालाई नेपालगन्ज पठाइएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–२, को पिपलबाट जन्ती लिएर मुसीकोट–१ को घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ नम्बरको बस दुर्घटना भएको थियो ।

    घाइते भएर नेपालगन्ज पठाइएकामा मुसीकोट नगरपालिका–१ का वडाध्यक्ष वीरबल केसी पनि छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार