Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा विदेशी पाहुनाहरु को-को आउँदै छन् ?


    मंगलबार, मंसिर २१ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी शुक्रबारबाट शुरु हुँदैछ । 

    सरकारको नेतृत्व गरिरहेको कांग्रेसले महाधिवेशनमा देशभित्रका सबै राष्ट्रिय राजनीतिक दलहरू (नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी)लाई महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिएको जनाएको छ। 

    यस्तै, कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतका अनुसार महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसले विदेशी विभिन्न राजनीतिक दलहरूलाई पनि निमन्त्रणा गरेको छ । यद्यपि विदेशी पाहुनाहरु आउने नआउनेबारे टुंगो लागिनसकेको उनको भनाइ  छ।  

    पार्टीले धेरैलाई निम्तो पठाइएको भए पनि कोरोनाको नयाँ भेरियन्टका कारण आउने निश्चित नभएको उनको भनाइ छ। 

    उनका अनुसार भारतीय जनता पार्टी (बीजेपी) र भारतीय राष्ट्रिय कांग्रेसले आउने सन्देश पठाएका छन् । भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेता महाधिवेशनमा आउने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार