Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आधा घटाइयाे म्यानमारकी नेतृ सुकीकाे जेल सजाय


    मंगलबार, मंसिर २१ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएकाे छ ।

    म्यानमारको अदालतले सुकीमाथिकाे सजाय अ‌ाधा घटाएकाे हाे । यसअघि न्यपेतस्थित सेनाको अदालतले दुई विभिन्न अभियाेगमा चार वर्ष जेल सजाय सुनाएकाे थियाे । 

    उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।

    उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्ल‌ंघन गरेकाे अभियाेग लगाइएकाे छ । यसबाहेक उनीविरुद्ध ११ अ‌ाराेप लगाइएकाे छ । सुकीले अ‌ाफूमाथि लगाइएका सबै अ‌ाराेप अस्वीकार गर्दै अ‌ाएकी छिन् । 

    फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारकाे नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाले अ‌ाराेप लगाउँदै अ‌ाएकाे छ । 

    सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न अ‌ाराेपमा मुद्दा लगाउँदै अ‌ाएकाे थियाे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार