Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • कांग्रेस संस्थापन इतरमा सहमति बन्ला ?


    मंगलबार, मंसिर २१ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिमा संस्थापन इतरपक्षकै चार जनाबीच कुनै सहमति नहुने देखिएपछि हालका सभापति शेरबहादुर देउवालाई पुनः सभापतिमा जित हात पार्न सहज देखिएको छ ।

    यद्यपि, संस्थापन इतरका नेताहरू अन्तिम समयसम्म पनि एकजुट हुँदै देउवालाई कडा टक्कर दिने गृहकार्यमा जुटेका छन् ।

    काग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका नेता शेखर कोइराला भने पार्टीमा आमूल रूपान्तरणका लागि आफूले सभापतिमा उम्मेदवारी दिएकाले आफ्नो जित हुने दाबी गरेका छन् ।

    सोमबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग अन्तक्र्रिया गर्दै कांग्रेस नेता कोइरालाले संस्थापन इतरका चार नेताहरू एकजुट हुने हो भने देउवालाई सभापतिमा सजिलैसँग पराजित गर्न सकिने बताए । राजधानी दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार