Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओमिक्रोनको प्रभाव: बुकिङ ‘होल्ड अन’ गर्न थाले पर्यटक


    मंगलबार, मंसिर २१ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । सन् २०२१ को अन्तिमतिर अर्थात् नोभेम्बरमा नेपालमा यो वर्षकै धेरै पर्यटक आएसँगै लयमा फर्किन थालेको पर्यटन क्षेत्रमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले धक्का दिने प्रारम्भिक अनुमान गर्न थालिएको छ ।

    नयाँ भेरियन्ट नेपालमा समेत पुष्टि भएका बेला अहिले नेपाल आउन चाहने पर्यटकले बुकिङ ‘होल्ड अन’ गर्न आग्रह गर्न थालेको होटेल व्यवसायीहरूले बताएका छन् ।

    सन् २०२१ को नोभेम्बरमा नेपालमा यसअघिका महीनाभन्दा धेरै पर्यटक घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा २६ हजार १३५ पर्यटक नेपालमा आएका छन् भने यसअघिको महीना अक्टोबरमा २३ हजार २८४ पर्यटक आएका थिए ।

    पर्यटकको संख्या क्रमशः बढ्दै आएका बेला देखिएको ओमिक्रोनले त्रास सृजना गरेको छ । त्यसैले विभिन्न देशले उडान तथा भ्रमणमा रोक लगाएका छन् भने नेपालले पनि दक्षिण अफ्रिका, हङकङलगायत विभिन्न ९ देश र ती देशलाई ट्रान्जिट बनाएर आउने व्यक्तिलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

    ओमिक्रोनको प्रभावले भन्दा पनि यसले उत्पन्न गरेको त्रासका कारण अहिले पर्यटक आउने वातावरण नै नभएको व्यवसायीहरू बताउँछन् । एस होटेल तथा रिसोर्टका कार्यकारी अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी योगेन्द्र शाक्यले सन् २०२१ मा होटेलहरूको समग्र अकुपेन्सी औसतमा ३० प्रतिशत रहेको जानकारी दिँदै पर्यटन क्षेत्र लयमा फर्किन लाग्ने सम्भावनाका बीच ओमिक्रोन देखिएको बताए । आर्थिक अभियान दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार