Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज मंसिर २१ गते मंगलवारको राशिफल


    मंगलबार, मंसिर २१ २०७८
    420
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । यस्तो छ  आज मिति २०७८ साल मंसिर २१ गते मंगलवारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आज प्रेमीको सहयोग प्राप्त हुनेछ । शेयर बजारमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइनसक्छ, सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बहुमूल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    आज यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भय छ सचेत रहनुहोला, तर साँझमा काम बन्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सामाजिक कार्यमा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    नयाँ कामको योजना बन्नेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    आज रमणीय र सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईने छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।
    राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
    – ज्यो.प. नारायणप्रसाद दुलाल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार