Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैतडी जिप दुर्घटना अपडेट: मृतक संख्या चार पुग्यो, एकको अवस्था गम्भीर


    सोमबार, मंसिर २० २०७८
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा चा। जनाको मृत्यु भएको छ । दुर्घटनामा थप एक जनाको अवस्था गम्भीर रहेको छ ।

    पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृतक मध्ये दुई जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा पाटन-७ कैलपाल माइत भएकी २० वर्षीया मनीषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराई रहेकाछन् । 

    उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । चुनाराको ठेगाना भने खुल्न नसकेको उनले बताए । 

    पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् । 

    मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका बताइएको छ । उनीहरू घरबाट माइती फर्कंदै गरेको प्रहरीले जनाएको छ ।

    घाइते मध्ये ४० वर्षीय जानकारी भट्टराईको अवस्था गम्भीर रहेको छ । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ ।  

    दुर्घटना साँझ साढे ६ बजेतिर भएको बताइएको छ । जिप ग्रामीण कच्ची सडकमा दुर्घटना भए पनि दुर्घटनाको कारण खुल्न सकेको छैन । चालक फरार रहेकाछन् भने घटनाबारे अनुसन्धान जारी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार